अस्ट्रेलियामा धुमधामसँग मनाइयो तिज, हेर्नुहोस् तस्बिरहरू

सिड्नी । नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज अष्ट्रेलियामा पनि धुमधामले मनाइएको छ।

पर्वको अवसर पारेर अष्ट्रेलियाका विभिन्न राज्यमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो।

सिड्नी, मेलबर्न, क्विन्सल्याण्ड, क्यानबेरा, पर्थ, एडिलेडलगायत राज्यमा स्थानीय नेपाली हिन्दु समुदायले भव्य रूपमा तीज मनाएका छन्।

यसैबीच अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीको बरउड पार्कमा तीज महोत्सव गरेको छ।

पूजाआजासहित भव्य रुपमा आयोजना गरिएको महोत्सवमा हजारौंको सहभागिता रहेको थियो।

कार्यक्रममा शिव पूजासँगै, नेपालबाट आएका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुती दिएबो समाजकी अध्यक्ष लक्ष्मी बास्ताकोटीले जानकारी दिइन्।

धार्मिक र सांस्कृतिक कार्यक्रम गरी २ चरणमा भएको कार्यक्रममा तीजमा ब्रत बसेका दिदी बहिनीहरुका लागि पुरोहितद्धारा शिव पूजा तथा सन्ध्या आरती समेत सञ्चालन गरिएको उनले बताईन्।

स्थानीय समय अनुसार सोमबार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन भएको महोत्सवमा लोक गायिका कोमल वली र नायिका गौरी मल्लले तीज विशेष प्रस्तुती दिएका थिए।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरूलाई स्थानीय कलाकारले गायन तथा नृत्य लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा साथ दिएका थिए।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्