सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
आजबाट असार महिना सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् ।
सुर्यको सम्बन्धमा यस्तो भनिएको छ -
उदयब्रह्मणो रुपं मध्यान्हेतु महेश्वरः।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः॥
सुर्य भगवानलाई प्रातःकालमा सात्विक स्वरुप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सुर्य भगवानलाई देवादि देव महादेवको स्वरुप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरुपमा बिध्यमान हुने सुर्य भगवानलाई बिष्णु स्वरुप मानिन्छ ।
परापूर्ब कालदेखि आधुनिक समयसम्म ,धार्मिक देखि बैज्ञानीक दृष्टिसम्म सबै पक्षबाट महत्वपूर्ण मानिएको सुर्यलाई सौर्य मासका रुपमा गणना गर्दै आइएको छ ।
यहि सुर्यको राशी परिबर्तनको स्वरुपकै उपासना गर्ने हाम्रो परम्परा छ ।कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन धर्मावलम्बिहरुको लागि पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।
यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने चलन छ ।
श्रावण महिनाबारे बिभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएको छ ।पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । यसरी निस्कएको बिषको प्रभाब बाट समस्त प्राणी जगत र संसारलाई नै रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव हिमालयको काखमा रहेको नेपालको पबित्र भूमि गोसाँईकुण्डमा गएर त्रिशुल जमिनमा गाडदा गंगा प्रकट भएकि ,त्यहि उत्पन्न गंगाजलको पोखरीमा सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।श्राबण महिनालाई भगवान शिवको प्रिय महिना,जन्म महिनाका रुपमा पनि लिने गरिन्छ ।
सुर्यको गणना अनुसार आजबाट दक्षिणायन आरम्भ भएको मानिन्छ ।वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गर्दछ। ति दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।
दक्षिणायनको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै दक्षिण तर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। धार्मिक ग्रन्थ एब शास्त्र अनुसार दक्षिणायनलाई नकारात्मकता तथा उत्तरायणलाई सकारात्मकता को प्रतीक मान्ने गरिन्छ। धार्मिक मान्यता अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात हुने बिश्वास गरिन्छ ।
दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन। तर यो समयमा स्नान दान र उपबास बसेर भगवानको बिशेषत भगवान शिब बिष्णु लगायतको पूजा अर्चना आराधना गर्ने चलन छ ।यस समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने जनविश्वास रहेको छ।
दक्षिणायनको बेलामा वर्षा, शरद र हेमन्त ऋतुहरु पर्दछन् त्यसैकारण दक्षिणायनमा आकाशलाई बादलहरुले घेरेको पाइन्छ। व्रत एवं उपाशनाको लागि उत्तम मानिने यो समयमा गरेका कर्मले सबैको भलो होस् ।
आज लुतो फाल्ने प्रचलन छ ।श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो खेल्नु धान रोप्नु सामान्य नै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई सफासग नुहाएर लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने यो स्थान अनुसार फरक फरक छ ।सरिरमाम भएको फोहर फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।
यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाबाट हाम्रा चाड पर्बहरु प्रबेश हुने गर्दछन ।यि चाड पर्बका आआफ्नै बिशेषता छन ।जुन हाम्रा संस्कार संस्कृति बनेका छन ।कतिपय धार्मिक पर्ब पनि बनेका छन ।यि हाम्रा अमुल्य निधिहुन यिनको संरक्षण सम्बर्धन गरौ ।
भगवान शिबलाई यि यस्ता नामले पुकारा गरिन्छ । नेपाली सनातन धर्म संस्कार संस्कृतिमा श्रावण महिनाको बिशेष महत्व छ ।श्रावण महिना भगवान शिवको पूजा आराधनाको लागि उत्तम महिना मानिन्छ । देवाधिदेव भगवान शिबलाई यी १०८ नामले पुकारिन्छ :- भगवान शिब र उनका नाम:-भगवान शिवलाई १- ॐ भोलेनाथ नमः२-ॐ कैलाश पति नमः३-ॐ भूतनाथ नमः४-ॐ नंदराज नमः५-ॐ नन्दी की सवारी नमः६-ॐ ज्योतिलिंग नमः७-ॐ महाकाल नमः८-ॐ रुद्रनाथ नमः९-ॐ भीमशंकर नमः१०-ॐ नटराज नमः११-ॐ प्रलेयन्कार नमः१२-ॐ चंद्रमोली नमः१३-ॐ डमरूधारी नमः१४-ॐ चंद्रधारी नमः१५-ॐ मलिकार्जुन नमः१६-ॐ भीमेश्वर नमः१७-ॐ विषधारी नमः१८-ॐ बम भोले नमः१९-ॐ ओंकार स्वामी नमः२०-ॐ ओंकारेश्वर नमः२१-ॐ शंकर त्रिशूलधारी नमः२२-ॐ विश्वनाथ नमः२३-ॐ अनादिदेव नमः२४-ॐ उमापति नमः२५-ॐ गोरापति नमः२६-ॐ गणपिता नमः२७-ॐ भोले बाबा नमः२८-ॐ शिवजी नमः२९-ॐ शम्भु नमः३०-ॐ नीलकंठ नमः३१-ॐ महाकालेश्वर नमः३२-ॐ त्रिपुरारी नमः३३-ॐ त्रिलोकनाथ नमः३४-ॐ त्रिनेत्रधारी नमः३५-ॐ बर्फानी बाबा नमः३६-ॐ जगतपिता नमः३७-ॐ मृत्युन्जन नमः३८-ॐ नागधारी नमः३९- ॐ रामेश्वर नमः४०-ॐ लंकेश्वर नमः४१-ॐ अमरनाथ नमः४२-ॐ केदारनाथ नमः४३-ॐ मंगलेश्वर नमः४४-ॐ अर्धनारीश्वर नमः४५-ॐ नागार्जुन नमः४६-ॐ जटाधारी नमः४७-ॐ नीलेश्वर नमः४८-ॐ गलसर्पमाला नमः४९- ॐ दीनानाथ नमः५०-ॐ सोमनाथ नमः५१-ॐ जोगी नमः५२-ॐ भंडारी बाबा नमः५३-ॐ बमलेहरी नमः५४-ॐ गोरीशंकर नमः५५-ॐ शिवाकांत नमः५६-ॐ महेश्वराए नमः५७-ॐ महेश नमः५८-ॐ ओलोकानाथ नमः५४-ॐ आदिनाथ नमः६०-ॐ देवदेवेश्वर नमः६१-ॐ प्राणनाथ नमः६२-ॐ शिवम् नमः६३-ॐ महादानी नमः६४-ॐ शिवदानी नमः६५-ॐ संकटहारी नमः६६-ॐ महेश्वर नमः६७-ॐ रुंडमालाधारी नमः६८-ॐ जगपालनकर्ता नमः६९-ॐ पशुपति नमः७०-ॐ संगमेश्वर नमः७१-ॐ दक्षेश्वर नमः७२-ॐ घ्रेनश्वर नमः७३-ॐ मणिमहेश नमः७४-ॐ अनादी नमः७५-ॐ अमर नमः७६-ॐ आशुतोष महाराज नमः७७-ॐ विलवकेश्वर नमः७८-ॐ अचलेश्वर नमः७९-ॐ अभयंकर नमः८०-ॐ पातालेश्वर नमः८१-ॐ धूधेश्वर नमः८२-ॐ सर्पधारी नमः८३-ॐ त्रिलोकिनरेश नमः८४-ॐ हठ योगी नमः८५-ॐ विश्लेश्वर नमः८६- ॐ नागाधिराज नमः८७- ॐ सर्वेश्वर नमः८८-ॐ उमाकांत नमः८९-ॐ बाबा चंद्रेश्वर नमः९०-ॐ त्रिकालदर्शी नमः९१-ॐ त्रिलोकी स्वामी नमः९२-ॐ महादेव नमः९३-ॐ गढ़शंकर नमः९४-ॐ मुक्तेश्वर नमः९५-ॐ नटेषर नमः९६-ॐ गिरजापति नमः९७- ॐ भद्रेश्वर नमः९८-ॐ त्रिपुनाशक नमः९९-ॐ निर्जेश्वर नमः१०० -ॐ किरातेश्वर नमः१०१-ॐ जागेश्वर नमः१०२-ॐ अबधूतपति नमः१०३ -ॐ भीलपति नमः१०४-ॐ जितनाथ नमः१०५-ॐ वृषेश्वर नमः१०६-ॐ भूतेश्वर नमः१०७-ॐ बैजूनाथ नम १०८-ॐ नागेश्वर नम: देवादिदेब महादेबको कृपाले हामी सबैको रक्षा एब कल्याण होस ।
सबैमा श्राबण संक्रान्तीको शुभकामना