अस्ट्रेलियाका डा. बिनोद श्रेष्ठले गैर आवासिय नेपाली संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा 


सिड्नी । अस्ट्रेलियाका बिनोद श्रेष्ठ गैर आवासिय नेपाली संघको एघारौ महाधिबेशनमा उपाध्यक्षमा उठ्ने  भएका छन् । गैर आवासिय नेपाली संघ (NRNA ) को विकास र विस्तारसँगै भएका राम्रा कामहरुलाई थप परिष्कृत गर्न र थुप्रिएका विसंगतिहरुलाइ पाखा लगाई भविष्यमा अझ प्रभावकारी र सबैको थप अपनत्व हुनेगरी सस्थालाई अगाडी बढाउने दृढ आत्मविश्वासका साथ श्रेष्ठले  एनआरएनएको नेतृत्व ( उपाध्यक्ष पद )मा  उम्मेदवारी बन्ने घोषणा गरेका हुन् । अधिबेशन प्रतिनिधिहरुको  साथ, सहयोग र समर्थन नै आफ्नो जितको आधार भएको बताउछन । 
आफ्नो उम्मेद्वारी सम्बन्धमा नेपाल न्यूजसंग कुरागर्दै उपाध्यक्षका उम्मेद्वार श्रेष्ठले प्रवासी नेपालीहरुको साझा सस्थाको रुपमा स्थापित यो सस्थालाई बिबाद मुक्त बनाउदै  ‘नेपालीका लागि नेपाली’ भन्ने सस्थाको मूल उद्देस्यलाई ईमान्दारीताका साथ कार्यान्वयन तहमा लैजानुपर्ने  आवस्यकता औल्याउछन् ।  
 बिगत लामो समयदेखी एनआरएनए लगायत विभिन्न सामाजिक र कल्याणकारी संघ सस्थाहरुसंग आबद्दता जनाउदै आएका श्रेष्ठ एनआरएनएका पूर्वआईसीसी सदस्य हुन् ।  

अस्ट्रेलिया बसाईका क्रममा आफुले इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान सिप विज्ञतालाई थप परिस्कृत र परिमार्जन गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउन सक्छु भन्ने संकल्पका साथ उम्मेदवार बन्ने निधो गरेका बिनोदले  एनआरएनए अस्ट्रेलियाको ज्ञान, सीप तथा पुँजी हस्तातरण टास्क फोर्सको  संयोजकको जिम्मेवारी पुरा गरेका थिए ।   चार्टड ईन्जिनियर तर्फको अन्तराष्ट्रिय प्रोफेशनल इन्जिनियर अवार्डबाट सम्मानित उनि  अस्ट्रेलिया सरकारका विभिन्न योजनामा समेत काम गरिसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्