सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
साइबर सुरक्षा जागरूकता अभियान तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्। (Act Now. Stay Secure.) को नयाँ चरणको शुरूवातसँगै
अष्ट्रेलिया सरकारले सबै अष्ट्रेलियालीहरूलाई अनलाइनमा हुँदा आफूलाई सुरक्षित राख्न आग्रह गरेको छ।
साइबर सुरक्षा जागरूकता अभियान अन्तर्गत आफूलाई सुरक्षित रहन तीन सरल कदमहरू तत्काल लागू लगाउन आग्रह गरिरहेको छ।
'तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्,' नाममक अभियानको उद्देश्य अष्ट्रेलियालीहरूलाई सुरक्षित रूपमा डिजिटल प्रविधिहरू र ती प्रविधिहरूले उपलब्ध गर्ने अवसरहरूलाई सुरक्षित रूपमा अँगाल्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्नु हो।
अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायहरूलाई सहयोग गर्न उनीहरूले साथीभाई तथा परिवारसँग सजिलोसँग साझा गर्न सक्ने फर्म्याटमा अँग्रेजीदेखि बाहेकका अन्य ३२ भाषाहरूमा यो अभियानसँग सम्बन्धित संसाधनहरू तथा जानकारी उपलब्ध छन्।
यस अभियानले सबैजनाले अनलाइनमा आफूलाई सुरक्षित राख्न अपनाउन सक्ने निम्न तीन सरल व्यवहारहरूमाथि प्रकाश पार्छ:
• यदि उपलब्ध छ भने सदैव मल्टि-फ्याक्टर प्रमाणिकरण प्रयोग गर्नुहोस्;
• प्रत्येक खाताको लागि पृथक र कठिन पासफ्रेज प्रयोग गर्नुहोस्; र
• तपाईंको उपकरणहरू सुरक्षित राख्न सबै सफ्टवेयर अपडेटहरू उपलब्ध हुनासाथ इन्सटल गर्नुहोस्।
नेशनल साइबर सेक्युरिटी कोअर्डिनेटर, लेफ्टिनेन्ट जनरल मिचेल म्याकगिनेस सी.एस.सी. ले अष्ट्रेलियालीहरू साइबर अपराधको कारण उल्लेखनीय क्षतिको चपेटामा परिरहेको र साइबर आक्रमणको जोखिममा रहेको यस समयमा यो अभियान समयानुकूल र गम्भीर दुवै भएको बताएकी छिन्।
यो विशेषगरी बहुसांस्कृतिक अष्ट्रेलियालीहरूको सन्दर्भमा झन् साँचो हुन आउँछ किनकी डिपार्टमेन्ट अफ होम अफेयर्सले गरेको अनुसन्धानले घरमा अँग्रेजी बोल्ने ५२ प्रतिशत मानिसहरूको तुलनामा घरमा अँग्रजीदेखि बाहेकका अन्य भाषा बोल्ने ६५ प्रतिशत व्यक्तिहरू डेटा अतिक्रमण (data breach) मा परेका थिए वा उनीहरूको डेटा दुष्प्रयोग (data compromise) गरिएको थियो भन्ने देखाउँछ।
यो ‘तुरून्त कदम चाल्नुहोस्। सुरक्षित रहनुहोस्।‘ अभियान राष्ट्रियव्यापी रूपमा डिजिटल भिडियो, टेलिभिजन, सिनेमा, सामाजिक सञ्जाल, डिजिटल अडियो र प्रिन्ट मिडिया मार्फत चलाइने छ।
अभियानको बारेमा थप जानकारीको लागि र साइबर सुरक्षासँग सम्बन्धित बिस्तृत संसाधनहरू प्राप्त गर्न Act Now. Stay Secure. मा जानुहोस्।
'प्रविधिको तीव्र विकास हुँदै जाँदा, अष्ट्रेलियालीहरूले अनलाइनमा बढी समय बिताइरहेका छन्। यसले निकै राम्रो कनेक्टिभिटी दिनुकासाथै धेरै अवसरहरू उपलब्ध गराउँछ – तर यसले समुदायलाई उल्लेखनीय हानिप्रति उजागर पनि गर्नसक्छ', साइबर सुरक्षा मन्त्री, टोनी बर्कले भनिन्।
उनले 'हाम्रो सरकार हाम्रो साइबर सुरक्षाहरूलाई सबल बनाउन प्रत्येक दिन काम गरिरहेको छ तर प्रत्येक अष्ट्रेलियालीले आफू र आफ्नो परिवारलाई अनलाइन हुँदा सुरक्षित राख्न चाल्न सक्ने सरल र प्रभावकारी कदमहरू पनि छन्,' भनेनकी छन्।
"अधिकांश साइबर घटनाहरू रोक्न सकिन्छ, र त्यसमा आधारभूत रक्षात्मक उपायहरूले ठूलो फरक पार्छ। सहकार्य गरेर हामी हाम्रो समुदायलाई अनलाइन सुरक्षित राख्न सक्छौं।
"चार मध्ये एक जना अष्ट्रेलियाली सांस्कृतिक रूपमा विविध पृष्ठभूमिबाट आएका छन्, त्यसैले साइबर सुरक्षा समावेशी र सुगम हुनु आवश्यक छ। यो अभियानले सबैजनाले उनीहरू जुनसुकै पृष्ठभूमिबाट आए पनि अनलाइन हुँदा आफूलाई सुरक्षित राख्न सरल, प्रभावकारी कदम चाल्न सक्दछन् भन्ने सुनिश्चित गर्न मद्दत गर्दछ।
नेशनल साइबर सेक्युरिटी कोअर्डिनेटर, लेफ्टिनेन्ट जनरल मिचेल म्याकगिनेस सी.एस.सी. का उद्धरणहरू
"साइबर अपराधीहरूको लागि अष्ट्रेलिया एक आकर्षक लक्ष्य हो र म हाम्रा नागरिक तथा व्यवसायहरूलाई उनीहरूको साइबर प्रतिरोधक्षमता सुधार गर्न सशक्त बनाउन चाहन्छु। यसले हाम्रो राष्ट्रलाई अनलाइन कनेक्ट हुन् सबैभन्दा सुरक्षित स्थान बनाउन मद्दत गर्नेछ।
"साइबर सुरक्षाले प्रत्येक अष्ट्रेलियालीको जीवनमा असर पार्छ, र हामी सबैले अनलाइन हुँदा आफू र हाम्रा प्रियजनहरूको सुरक्षा गर्न भूमिका खेल्नु पर्दछ।
"भाषा र सांस्कृतिक कठिनाइहरूले प्रायः कसरी अनलाइन सुरक्षित रहने भन्ने बारे महत्त्वपूर्ण जानकारी प्राप्त गर्न थप गाह्रो बनाउन सक्छ। त्यसैले हामीले यी संसाधनहरू ३२ भाषाहरूमा उपलब्ध छन् भन्ने सुनिश्चित गरेका छौं ता कि धेरैभन्दा धेरै मानिसहरूले यो महत्त्वपूर्ण जानकारीमा पहुँच प्राप्त गर्न सक्दछन्।
"अनलाइनमा आफूलाई सुरक्षित राख्ने कार्य गाह्रो हुनुपर्छ भन्ने छैन। सरल साइबर सुरक्षित व्यवहारहरू निरन्तर अपनाएर हामी साइबर सुरक्षालाई दैनिक बानीमा बदल्न सक्छौं – घटनापछिको खेद होइन।